युएईमा कतारी टिसर्ट लगाउँदा बेलायती नागरिक पक्राउ

एजेन्सी
कतारको टिसर्ट लगाएकै भरमा एक बेलायती नागरिकलाई युएई पुलिसले समातेको छ । युएईमा आयोजना भएको एएफसी एसियन कप अन्तर्गत मा कतार र इराक बिचको खेल हेर्न जाँदा उनले कतारी टिसर्ट लगाएका थिए । उनी यस नियम बारे अनभिज्ञ रहेको उनले बयानमा भनेका छन् ।
२६ बर्षिय अलि इस्सा अह्मद आफ्नो छुट्टी मनाउन गत जनवरी महिनामा युएई आएका थिए । जहाँ उनले एसियन कपको टिकट पाएपछि कतार विरुद्ध इराकको खेल हेर्न गए । उनलाई युएई प्रहरीले पक्राउ गरि यातना समेत दिएको बेलायती पत्रीका द गार्जियनले लेखेको छ ।

त्यहाँको प्रहरीले अह्मद्लाई फोन गर्न दिदाँ उनले आफ्नो साथी लुकिलाई फोन गरेपछी उक्त घटना बहिरिएको हो । लुकिको अनुसार युएई प्रहरीले खेल पश्चात पीडितलाई कुटपिट गरेका थिए। त्यस लगत्तै आफुलाई परेको घटना त्यहाँ नजिकैको प्रहरी कार्यलयमा गई उजुरी गर्न गएका अह्मदलाई युएई प्रहरी माथी झुटाे आरोप लगाएको भन्दै उनलाई उल्टो पक्राउ गरिएको थियोे ।
यता बेलायती दूतावासले यस घटना बारे अनुसन्धान भैरहेको बताएको छ । त्यस्तै विदेशी कार्यलय (एफसिओ) ले पनि आफ्नो तर्फ बाट सक्दो सहयोग भैरहेको जानकारी दिएको छ ।
प्रमुख साउदी अरेबिया संगै युएई,बहराइन,इजिप्ट लागएतका देशले कतार माथी २०१७ को जुन देखि लगाएको नाकाबन्दी लगत्तै सामाजिक सन्जाल अथवा कुनै पनि माध्यम बाट कतारको समर्थन गरे महँगो जरिवाना संगै कारावासको सजाय हुने नियम युएईले लागू गरेको थियो।