नायिका सुष्मा अधिकारी तीज गीतमा

महिलाहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा तिजको गित सार्वजनिक हुने क्रम सुरु भएको छ । त्यसै बीचमा कतारमा कार्यरत रचनाकार गायिका उषा के.सी पोख्रेलले माइती नाम राखेर ‘बाबाजीले दिनुभयो खन्दानीघर भनेर ’ बोलको तीज गीत सार्वजनिक गरेकी छिन् । संगीत गायिका उषा के सी पोख्रेलको रहेको छ । उक्त गित मौलिक परम्परा र संस्कृति झल्काउने देखिने हुनाले दर्शकले मन पराउने मा गायिका ढुक्क छन् ।
म्युजिक भिडियो पनि निकै राम्रो बनेको छ भिडियोमा कजिश श्रेष्ठको निर्देशन रहेको छ भने गीतमा नायीका सुष्म अधिकारीको अभिनय देख्न सकिन्छ । गीतलाई सागर गौतमले खिचेका हुन् भने भने सम्पादन दिपक बिस्टले गरेका हुन् । यो गीतलाई बिन्दबासिनी म्युजिकले बजार व्यवस्थापन गरेको छ ।