मंगलबार राष्ट्रिय खेलकुद दिवस, विदा हुने

यो बर्ष कतारको राष्ट्रिय खेलकुद दिवस फेब्रुअरी १२ तारिक मङलबार परेको छ । सार्वजनिक विदा दिइने यस खेलकुद दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजनाको तयारी तिब्र रुपमा भइरहेको छ ।
सन् २०११ को धारा ८० बमोजिम हरेक वर्ष फेब्रुअरी महिनाको दोस्रो मंगलबार खेलकुद दिवस मनाउने गरी गरिएको फैसला अनुरूप कतारले यो बर्ष ८ औं राष्ट्रिय खेलकुद दिवस मनाउदैछ।
सम्पूर्ण देशवासीहरुलाई खेलकुद मार्फत स्वास्थ्य जीवन निर्वाहका लागि प्रेरित गर्न खेलकुद दिवस मनाउन थालिएको हो।
कतार खेलकुदको लागि हरेक वर्ष एक दिन समर्पित गर्ने मध्यपूर्व कै पहिलो राष्ट्र हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो