मंगलबार विदा दिने सरकारको घोषणा

कतारको राष्ट्रिय खेलकुद दिवसको अवसरमा अमिरी दिवान (सरकार) ले विदा दिने घोषणा गरेको छ। अाज एक विज्ञप्ति जारी गर्दै सरकारले आउने मंगलबार फेब्रुअरी १२ तारिख (२७ जुमादा अल उला १४३९ एच) को दिन सार्वजनिक विदा दिने जनाएको हो।

 

यो वर्ष कतारको ८ औं राष्ट्रिय खेलकुद दिवस हो।पूर्व अमिर शेख हमाद विन अल थानीबाट जनतालाई खलकुदमा प्रेरित गर्ने उद्देश्यले सन् २०११ देखि कतारले राष्ट्रिय खेलकुद दिवस मनाउन शुरु गरेको हो। यस दिन सरकारी कार्यालय तथा निजी कम्पनीहरु बाट विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरी मनाइन्छ। कतारले हरेक वर्ष फेब्रुअरी महिनाको दोस्रो मंगलबार खेलकुद दिवस मनाउने गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button