भोलि नकआउट फुटबल प्रतियोगिता हुने

रेड्को ब्वाइजको आयोजनामा कतारको राष्ट्रिय खेलकुद दिवस भोलि फेव्रुअरी १२ तारिखको दिन खुला नकआउट फुटबल प्रतियोगिता हुँदैछ । दुखान राेडमा अवस्थित ग्रीन लाईन लेबर क्याम्पको खेल मैदानमा प्रतियोगिता आयोजना हुनेछ। उक्त प्रतियोगिताको लागि इच्छुकले भोलि बिहान भित्र टीम दर्ता गराईसक्नुपर्ने जानकारी आयोजकले पक्षले दिएको छ। टिम दर्ता शुल्क जम्मा २५० रियाल रहेको छ। दर्ता गर्न र थप जानकारीको लागि ७०६११३५२ ,
७०६५६७५६ मा सम्पर्क गर्न सकिनेछ।