जथाभावी फोहोर फाल्न नदिन क्यामरा जडान गरिने

कतार सरकारले सार्वजनिक सरसफाई अभियान अन्तर्गत जथाभावी गरिने फोहोर रोक्न देशको विभिन्न स्थानमा सिसि टिभि क्यामरा जडान गर्ने भएको छ ।

सरसफाई विभागले नगरपालिका तथा वातावरण मन्त्रालयको राष्ट्रिय निर्देशनालय सेन्टरको मातहतमा जथाभावी फोहोर फाल्ने व्यक्ती पक्राउ गर्न सिसि टिभि क्यामरा जडान गर्ने बताएको हो ।
‘किप ईट क्लिन’ नाम दिएर सार्वजनिक सरसफाई कानून बारे जनचेतना फैलाउन गत बुधबार दोस्रो चरणको पत्रकार सम्मेलन आयोजना भएको थियो ।

ट्राफिक विभागले समेत यस नियम उल्लंघनको निगरानी राख्नेछ । साथै मेट्राश एप मार्फत पनि नियम उल्लंघनको रिपोर्ट गर्न सकिने कार्यक्रममा जानकारी गराइएको थियो ।
पहिलो चरण अन्तर्गत गएको बर्ष नियम मिच्ने ४,१५८ लाई नगरपालिकाले कारवाही गरेको थियो । जसबाट ५० लाख रियाल भन्दा बढी उठेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो