रातको समयमा जाडाे बढ्ने

केही दिन यता रात र बिहानको समयमा कडा हावाहुरी संगै बढेको जाडाे यो हप्ताको अन्त्य सम्म हुने भएको छ । मौसम विभागले आज ट्विटर मार्फत अझै केही दिन चिसो रहने जानकारी दिएको हो ।

यस समयमा दोहाको तापक्रम २३ देखि १४ डिग्री सेल्सियस बिच रहनेछ । त्यस्तै शनिबार सम्म कुनैपनी समुन्द्री कृयाकलाप नगर्न विभागले अनुरोध गरेको छ । मौसम बारे ताजा अपडेट लिन विभागको आधिकारिक सामाजिक सन्जाल मात्र प्रयोग गर्न विभागले सुझाब पनि दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो