युएई हुँदै कतार आउने पानी जहाज माथिको प्रतिबन्ध हट्याे

राेयटर्स
कतारी पानी जहाज माथी युएईले लगाउदै आएको प्रतिबन्ध केही खुकुलो भएको छ ।
अबुधबी पोर्टले जारी गरेको निर्देशन अनुसार युएईको पानी हुँदै कतार आवतजावत गर्ने तेस्रो मुलुकको सम्पुर्ण कार्गो जहाजको प्रतिबन्ध हटाईएकाे छ । यधपी कतारकाे झन्डा बोकेको वा कतारी जहाजलाई भने रोक अझै यथावत रहेकाे छ ।

त्यस्तै कतारमा पनि युएई जहाज आउन प्रतिबन्ध छ । युएईको प्रतिबन्ध पश्चात् कतारले अाेमानको बाटाे हुँदै समुद्री कारोबार गर्दै आइरहेको छ ।
सन् २०१७ को जुन देखि साउदी अरेबिया ,युएई,बहराइन र इजिप्टले आतंकवादलाई सहयोग गरेको आरोप लगाउदै कतारमाथी जल,थल र हवाई नाकाबन्दी गर्दै आइरहेको छ । कतारले आफू माथी लागेको आरोपको खण्डन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो