भारतको उत्तरप्रदेशमा कारले अटोरिक्सालाई ठक्कर दिँदा ७ जनाको मृत्यु

भारत, मंसिर १-

भारतको उत्तरप्रदेशमा कारले अटोरिक्सालाई ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ । आज (शनिबार) बिहान उत्तर प्रदेशको बिजनौरमा अटोरिक्सालाई कारले ठक्कर दिदाँ चालकसहित सात जनाको मृत्यु भएको हो ।

भारतको समाचार एजेन्सी पीटीआईका अनुसार क्रेटा कारले कुनै एक गाडिलाई ओभरटेक गर्दै थियो, त्यहीबेला अचानक लेन बदल्दा अटोरिक्सालाई ठक्कर दिएको थियो । ६ जनाको दुर्घटनास्थलमै र अटो रिक्सा चालकको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

मृतकहरु सबै भारतको धामपुर भन्ने स्थानका हुन् । उनीहरु मुरादाबाद रेलवे स्टेसनबाट फर्किरहेका थिए ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button