तेलको भाउ बढ्याे

मार्च महिनामा तेलको भाउ बढ्ने भएको छ। भोलि मार्च १ तारिख शुक्रबार देखि लागू हुने गरि पेट्रोलको भाउमा ५ र डिजलको भाउमा १५ दिरहामले वृद्धि हुन लागेको हो।
भाउ बढे सँगै अब सुपर पेट्रोल १.६०,प्रीमियम पेट्रोल १.५५ र डिजल १.८५ रियाल प्रतिलिटर पर्ने कतार पेट्रोलियमले जनाएको छ।

सन् २०१६ को मे महिना देखि विश्व बजारको प्रतिकृया अनुशार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो