चोरी गर्ने तीन जना पक्राउ

चोरीको अभियोगमा कतार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। देशको विभिन्न स्थानको पसल बाट रिचार्ज कार्ड संगै पैसा चोरी गर्न उक्त समूह सक्रिय रहेका अनुसन्धान बाट खुल्न आएको छ ।
अनुसन्धानको लागि प्रहरीले एक विशेष टोली छुटाएर खोजी कार्य गरेपछि एसियन मूलका ती ३ जना पक्राउ परेका हुन्। टोलीले उनीहरूबाट चोर्न प्रयोग गरिने समान सहित केही पैसा पनि बरामद गरेको छ। प्रहरी सँगको सोधपुछमा गल्ती स्वीकार गरेपछि उनीहरूलाई थप कानूनी प्रक्रिया अघि बढाइएको आन्तरिक मन्त्रालयले जनाएको छ।
कुनै शंकास्पद घटनाको ९९९ मा उजुरी गर्न मन्त्रालयले सबैलाई आग्रह गरेको छ।