दूतावासको पहलमा मृतकका परिवारलाई दुई लाख रियाल क्षतिपूर्ति

सन् २०१४ मा कतारमा मृत्यु भएका दुई नेपाली नागरिकको परिवारले कतार सरकार बाट क्षतिपूर्ति पाएका छन् । धनुषाका शिरण कापर र  म्याग्दीका पूर्ण बहादुर सार्कीको परिवारले जनही दुई दुई लाख कतारी रियाल  क्षतिपूर्ति पाएका हुन्  । नेपाली राजदूतावासले कतारका सम्बन्धित निकायहरुसँग गरेको निरन्तर पहल पश्चात कतारको आन्तरिक मामिला मन्त्रालयले मृतकका परिवारजनका सदस्यहरुलाई कतारमा नै आमन्त्रण गरी क्षतिपूर्ति स्वरुप जनही दुई-दुई लाख कतारी रियाल दिने जानकारी प्राप्त भएको थियो।

सोही अनुरुप क्षतिपूर्ति प्राप्त गर्नका लागि मृतक परिवारका सदस्यहरु काकुल्ती देवी कापर र श्शान्ती सार्की कतारमा आई  राजदूतावास मार्फत् आवश्यक सहयोग र समन्वय गरी कतार सरकारको आन्तरिक मामिला मन्त्रालयले ५ मार्च २०१९ मा रकम हस्तान्तरण गरेको छ । सम्बद्ध बैङ्किङ्ग च्यानल मार्फत सो रकम नेपालमा यथाशिघ्र प्राप्त गर्ने गरी पठाउने व्यवस्था पनि गरिएको छ।

यसअघि क्षतिपूर्ति रकम प्राप्त गर्ने सिलसिलामा दूतावास बाट  कतार सरकारका सम्बन्धित अधिकारीहरुसँग भेटघाट गरी विशेष पहल भएको थियो। मृतकको पारिवारिक आर्थिक स्थिति कमजोर भएको हुँदा प्राप्त क्षतिपूर्ति रकमले परिवारको जीविकोपार्जनमा सहयोग पुग्ने विश्वास राजदूतावासले लिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button