अमिरद्वारा अमेरिकी सैनिक बेसको भ्रमण

क्यूएनए

अमिर एच एच तमिम बिन हमद अल थानीले हिजो कतारस्थित अमेरिकी सैनिक बेस “अल उदेइद एयर बेस”को भ्रमण गर्नुभएको छ।

दोहाको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने खाडी क्षेत्रकै सबैभन्दा ठूलो अमेरिकी बेसमा दश हजार अमेरिकी सैनिक तैनाथ छन्।

भ्रमणमा अमिरले कतारको अमिरी एयर फोर्स र अमेरिकी केन्द्रिय कमाण्डको संयुक्त हवाई परिचालन केन्द्रको निरीक्षण गर्नुभएको थियो।त्यस्तै अमिरी एयर फोर्सका कमाण्डर मुबारक मोहम्मद अल कुमैत अल खयरिन बाट अमिरी एयर फोर्स,विशेषगरि संयुक्त रक्षा एयर फोर्स र विभाग बारे आमिरलाई विस्तृत गरिएको थियो।

अमिरबाट युद्धविमान,हेलिकप्टर,विमानवाही जहाज,सैन्य गाडी लगायतको निरीक्षण पनि गरिएको थियो।त्यससँगै आमिरलाई हवाई परिचालन योजना र कतारी अमिरी हवाई फौजको कार्य तथा जिम्मेवारी बारे पनि प्रष्ट पारिएको थियो।

अमिरले त्यहाँ अमेरिकी एयर फोर्सका कमाण्डर जेन जेफ्ररे हरिजियन तथा अन्य वरिष्ठ कर्मचारी लगायत संग भेटगरि कतार अमेरिकाको संयुक्त सैनिक रक्षा सहकार्य र आतंकवाद संग लड्न दुई देश बीचको सहकार्यको समीक्षा गर्नुभएको थियो।

अमिरको उक्त दुर्लभ भ्रमणलाई रक्षा मामिला मन्त्री डा. खलिद बिन मोहम्मद अल अत्तियाले साथ दिएका थिए।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button