नेपाल र ओमान आज भिड्दै

थाइल्यान्डमा हुने २०२० यु-२३ च्याम्पियन्सिप प्रतियोगिताको छनौट चरणको खेल अन्तर्गत नेपालले आज पहिलो खेल ओमान सङ्ग खेल्दैछ । खेल कतारी समय अनुसार बेलुका ५ बजे एस्पायर एकेडमीको ४ नम्बर मैदानमा हुनेछ ।

ओमान निकै बलियो टिम हुनाले नेपाललाई आजको खेल सजिलो हुनेछैन ।

प्रतियोगितामा नेपाल कतार,ओमान र अफगानिस्तान संगै समूह ‘ए’ मा रहेको छ । साथै समुह ‘ए’ को सम्पुर्ण खेल कतारमा आयोजना गरिने निर्णय अनुसार खेल एस्पायर एकेडमीको मैदानमा सन्चालन हुनेछ ।

नेपालको खेल :

 

२२ मार्च , शुक्रबार

नेपाल विरुद्ध ओमान

भिलाजियो मल नजिकै रहेको  एस्पायर ४ मैदानमा

बेलुका ५ बजे

२४ मार्च , आइतवार

नेपाल विरुद्ध कतार

भिलाजियो मल नजिकै रहेको एस्पायर ५ मैदानमा

बेलुका ७ बजे

२६ मार्च , मंगलबार

नेपाल विरुद्ध अफ्गानिस्तान

भिलाजियो मल नजिकै रहेको एस्पायर ४ मैदानमा

बेलुका ७ बजे

 

कतार आउने नेपाली यु–२३ टोली :

प्रशिक्षक : बाल गोपाल महर्जन

सहायक प्रशिक्षक : सुमन श्रेष्ठ

गोलकिपर्स : अर्पन कार्की, रोमन रसाइली, दिप कार्की

डिफेन्डर्स : अमित तामाङ, अनन्त तामाङ, असिम भुषाल, बिकास खवास, दिनेश राजवंशी, कमल श्रेष्ठ, सुमन अर्याल, छिरिङ गुरुङ

मिडफिल्डर्स : अभिषेक रिजाल, एरिक बिष्ट, विश्वास श्रेष्ठ, गौरव बुढाथोकी, हेमन्त थापा मगर, सुनिल बल, तेज तामाङ, नितिन थापा

फरवार्डस् : धिरज श्रेष्ठ, प्रिजेन तामाङ, बिमल घर्ती मगर, अन्जन बिष्ट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button