नेपालले आज कतारको सामना गर्दै

थाइल्यान्डमा हुने २०२० एएफसी यु-२३ च्याम्पियनसीप प्रतियोगिताको छनौटका लागि जारी समूह चरणको खेलमा नेपालले आज कतारको सामना गर्दैछ । खेल एस्पायर एकेडेमीको ४ नम्बर मैदानमा बेलुका ७ बजे बाट सुरु हुनेछ । खेल हेर्न दर्शकका लागि टिकटको मूल्य १० रियाल रहेको छ ।
समूह ए मा परेको नेपाली टिमले आफ्नो पहिलो खेलमा ओमान सङ्ग १-० गोल अन्तरले हारेको थियो । आज समुहको सबैभन्दा कठिन खेल भएपनी नेपाललाई जित्नै पर्ने दबाब रहेको छ । कतार यस समुहको आयोजक पनि रहेको छ ।
नेपालले आगामी खेल अफगानिस्तानसङ्ग मङलबार खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो