दोस्रो खेलमा पनि नेपाल पराजित

एएफसी यु-२३ च्याम्पियनसीप प्रतियोगिताको छनौट खेल अन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपालले हार बेहोरेको छ । आज एस्पायर एकेडमीको मैदानमा भएको खेलमा कतारसँग नेपाल ५ – ० ले पराजित भएको हो ।
सुरु देखि नै दबाबमा रहेको नेपाली टिमले २६ औ मिनेटमा पेनाल्टी मार्फत पहिलो गोल खाएको थियो ।त्यसपछि खेलको ५३ मा दोस्रो र ६० मा तेस्रो (आत्मघाती) ,८० मा चौथो र अतिरिक्त (९०+२) मिनेटमा पाँचौ गोल खाएको थियो । हार संगै नेपाल प्रतियोगिता बाट बाहिरिएको छ।
नेपालले आफ्नो अन्तिम खेल मंगलबार अफगानिस्तानसंग खेल्दैछ ।