कतार राष्ट्रिय म्यूजियमकाे उद्घाटन हुँदै

कतारको राष्ट्रिय संग्रहालयको उद्घाटन यहि मार्च २८ तारिक हुनेभएको छ । दोहाको कर्नेशस्थित संग्रहालय घुम्न कतारी आइडी भएकाहरुलाई प्रवेश निशुल्क हुने बताईएको छ ।
संग्रहालय अवार्ड विजेता डिजाइनर जिन नोउभेलले डिजाइन गरेका हुन् । उनले सोही स्थानमा २० औ शताब्दी देखि रहेको शेख अब्दुलाह बिन जस्सिम अल थानीको दरबारलाई त्यँही फल्ने मरभुमी गुलाफको आकारमा तयार गरेका हुन् । जहाँ नयाँ र पुरानो घरगरि कतारको इतिहास देखि वर्तमान सम्मको बहुमुल्य उपलब्धि जगेर्ना गरिएको बताइएको छ ।

जम्मा चार लाख तीस हजार वर्ग फिटमा रहेको यस संग्रहालय थुप्रै ईन्टरलक डिस्क बाट निर्माण गरिएको छ जसबाट बाहिरी गर्मी भित्र छिर्न पाउदैन । संग्रहालय यसअघी सन् २०१६ मा नै उद्घाटन गर्ने भनिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो