बिज्ञापन

आइतबार २६९ संक्रमित थपिए,थप १ को मृत्यु

स्वास्थ्य मन्त्रालयले आइतबार २६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र २७४ जनालाई निको भएको जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,०९,३०५ पुगेको छ ।

भाइरसका कारण आज थप १ जनाको मृत्यु पनि भएको छ । स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार  पछिल्लो २४ घण्टामा ३,४४२ जनालाई परिक्षण गरिएको थियो ।

कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या १६५ रहेको छ र निको हुनेको संख्या १,०६,०२४ पुगेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक  

अस्पताल भर्ना भएका – ४० जना

अस्पतालमा उपचार भैरहेका जम्मा – ५३१ जना

आईसीयुमा भर्ना भएका – २ जना

आईसीयुमा उपचार भैरहेका जम्मा – ८९ जना

आज सम्म जाँच भएको संख्या – ४,७२,४४२ जना

निको हुन बाँकीको संख्या : ३,११६ जना

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button