अफगानिस्तानसंग पनि नेपाल पराजित

एएफसी यु-२३ च्याम्पियनसीप प्रतियोगिताको छनौट खेल अन्तर्गत आफ्नो अन्तिम खेलमा पनि नेपालले हार बेहोरेको छ । आज एस्पायर एकेडमीको मैदानमा भएको खेलमा अफगानिस्तानसंग नेपाल २ – ० ले पराजित भएको हो ।
सुरु देखि नै दबाबमा रहेको नेपाली टिमले २४ औ मिनेटमा पहिलो गोल खाएको थियो । त्यसपछि खेलको ३४औ मिनेटमा दोस्रो गोल खाएको थियो । नेपाल र अफगानिस्तान यसअघि नै प्रतियोगिता बाट बाहिरिएको छ।
समूह ‘ए’ मा परेको नेपालले ओमानसंग १-० र कतारसंग ५-० ले हारेको थियो । आजको हार संगै नेपाल समूहको पुछारमा परेको छ ।