अमिरबाट कतार राष्ट्रिय म्युजियमकाे उद्घाटन सम्पन्न

अमिर शेख तमिम बिन हमाद अल थानीले कतार राष्ट्रिय संग्रहालय (एनएमअाेक्यु) को औपचारिक रुपमा हिजो उद्घाटन गर्नुभएको छ । ११ ईन्टरलिन्क ग्यालरी समावेश संग्रहालय मरभुमीमा पाईने गुलाफ आकारकाे थिममा निर्माण गरिएको हो जसले कतारको इतिहास चित्रण गर्ने बताईएको छ । संग्रहालय आज बाट सर्वसाधारणका लागि निशुल्क खुला गरिएको छ ।
समारोहमा राजपरिवारका सदस्य, शेख,विशिष्ट अधिकारी,मन्त्री,चित्रकार,सेलिब्रिटी, निर्देशक,डिजाईनर,पत्रकार संगै अन्य देशका कुटनितिग्यहरुको उपस्थिती रहेको थियो ।


कार्यक्रममा बोल्दै अमिरले शेख अब्दुलाह बिन जस्सिम बिन मोहम्मद अल थानी राजदरबारलाई सरक्षित गर्दै सन् १९७५ मा बुवा अमिर बाट निर्माण गरिएको सो संग्रहालयको प्रसंशा गर्नुभयो । यसले कतारको इतिहास झल्काउने उहाँले बताउनुभयो । पुरानो दरवारलाई घेर्ने गरि निर्मित संग्रहालयको डिजाइन जिन निउवेलले गरेका हुन् । मरभुमिमा हावाको कारणले बालुवामा बन्ने गुलाफ (कहुर) को आकार अनुसार नै डिजाइन तयार गरिएको थियो।
विश्व प्रख्यात हस्तिहरुको उपस्थिती
कार्यक्रममा दिजाइनर स्वयम् जिन नोउवेल, जेफ कून्स,ताकाशी मुरकामी,ओलफुर एलिस्सोन,भिक्टाेरिया बेक्हाम,नातालिया भोदिएनोभा,जोसे मोउरिन्हो,नवोमी कम्प्बेल,जोनी डेप,सोनाम कपुर लगायत अन्य विश्व प्रख्यात हस्तिहरुको समेत उपस्थिती रहेको थियो ।