ब्रुनाईमा कडा स्लामिक कानुन, समलिंगीसग सम्बन्ध राखे मृत्युदण्ड

ब्रुनाईमा कडा स्लामिक कानुन लागु भएको छ, यो कानुन अनुसार समलिंगी यौन सम्बन्धका कायम गरेमा मृत्युदण्डको सजाय हुनेछ । समलिंगी यौन सम्बन्ध कायम गर्नेलाई ढुंगाले हिर्काएर मृत्युदण्ड दिने व्यवस्था नयाँ कानुनमा गरिएको छ । आजदेखि लागु भएको कानुन अनुसार समलैंगिकतालाई मृत्युदण्ड पाउने अपराध ठहर गरिएको छ । अन्तर्रा्ष्ट्रिय समुदायले यसको चर्को आलोचना गरेका छन् ।

ब्रुनाईको समलिंगी समुदायले आपत्ति तथा आफूहरुको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेको छ । ब्रुनाईमा यसअघि नै समलैंगिकता अपराध थियो र १० वर्षको जेल सजाय हुने व्यवस्था थियो । यस्तै गर्भपतन गराएमा सार्वजनिक स्थानमा लगेर कोर्रा हान्ने, चोरी गर्नेको हातगोडा काट्ने सजायको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button