कतार आईपुगे सभामुख महरा

पूर्वउपप्रधान एवम् गृहमन्त्री तथा हाल प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महरा कतार आइपुग्नु भएको छ । अप्रिल ६ देखि १० तारिख सम्म दोहामा आयोजना भईरहेको १४० अाैं अन्तराष्ट्रिय संघीयत संसद युनियन तथा अन्य सम्बन्धित छलफलका लागि उच्चस्तरिय नेपाली टोलिका साथ सभामुख महरा कतार आउनुभएको हो ।

महरा सहित अन्य नेपाली टोलिलाई हमाद विमान्स्थलमा कतारका लागि नेपाली राजदुत लगायत अन्य दूतावासका कर्मचारीहरु बाट स्वागत गरिएको थियो ।
कतार आउने टोलिमा सभामुख महरा सहित प्रतिनिधि सभा सदस्य शान्ता चौधरी,हरि चरण सिवाकोटी,पुष्प भुसाल,बिमल प्रसाद श्रीवास्तभा,लक्ष्मण लाल कर्न,मनोहर प्रसाद भट्टराई,सचिव गोपाल नाथ योगि र सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्ल रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो