१४० अाैं अाईपीयु सम्मेलनमा अमिरको सहभागिता

कतारको आयोजनामा जारी अन्तर्राष्ट्रिय संसदीय युनियन (आईपियु) को १४० अाैं सम्मेलनमा हिजो अमिर शेख तमाम बिन खलिफा अल थानी सहभागी हुनुभएको छ । दोहास्थित शेराटन होटेलमा हिजो बाट सुरु भएको कार्यक्रममा कतारका तर्फ बाट अमिर संगै आन्तरिक तथा प्रधानमन्त्री अब्दुल्लाह बिन नासेर बिन खलिफा अल थानी,विभिन्न परिसद सल्लाहकार सदस्य,कुतनितिक मिसनमा कतारमा रहेका विशिष्ट ब्यक्तिहरु लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै अमिरले शिक्षाको महत्व र कतारले यस क्षेत्रको लागि विश्वब्यापी रुपमा चालेको महत्त्वपूर्ण कदम बारे चर्चा गर्नुभएको थियो ।

कार्यक्रमका लागि नेपाल बाट पनि संसदीय सभामुख कृष्ण बहादुर महराले उपप्रधान तथा परराष्ट्र मन्त्री शेख मोहम्मद बिन अब्दुलरह्मान बिन जस्सिन अल थानी सङ्ग भेतवार्ता पनि गर्नुभएको छ। सभामुख महरा सहित संसदीय प्रतिमण्डलको टोलि पनि शनिबार कतार आइपुगेको थियो । कतार आउने टोलिमा सभामुख महरा सहित प्रतिनिधि सभा सदस्य शान्ता चौधरी,हरि चरण सिवाकोटी,पुष्प भुसाल,बिमल प्रसाद श्रीवास्तभा,लक्ष्मण लाल कर्न,मनोहर प्रसाद भट्टराई,सचिव गोपाल नाथ योगि र सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्ल रहेका छन् ।

कार्यक्रममा १६० भन्दा बढी राष्ट्रको सहभागिता रहेको छ । कार्यक्रम अप्रिल १० सम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button