शनिबार सम्म मौसम खराब रहने

गएको हप्ता बाट सुरु भएको खराब मौसम यो हप्ता पनि खराब रहने भएको छ । स्थानीय भाषामा अल सयारत भनिने यस मौसम अनुसार खाडी क्षेत्रको वायुमण्डलमा तल्लो चापको असरका कारण मौसम बिग्रिएको कतारको मौसम विभागले जनाएको छ । यस अवधिभर मौसम आंशिक देखि पुरै बदली भै चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने संभावना रहनेछ । त्यस्तै दक्षिणपुर्वी वायुका कारण कडा १२ फिट सम्म छाल उठ्ने गरि धुलो सहितको हावाहुरि पनि चल्नेछ ।

विभागले यस समयमा कुनैपनि समुन्द्री क्रियाकलाप नगर्न आग्रह समेत गरेको छ । साथै पछिल्लो मौसम अबस्था बारे जानकारी लिन विभागको आधिकारिक सामाजिक सन्जाल फलो गर्न विभागले बताएको छ ।

चट्याङकाे समयमा अपनाउन पर्ने सुरक्षाका उपायहरु :

१. सकेसम्म घर भित्रै बस्ने ।

२.सवारीको झ्याल बन्द राख्ने ।

३.छ्त,अग्लो रुख तथा बिजुलीको खम्बा वरपर नबस्ने।

४.जमेको पानी बाट टाढै बस्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button