नेपाल ४-१ ले विजयी

आठौं एसियन आप्रवासी फुटबल प्रतियोगिता अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले दक्षिण कोरियालाई पराजित गरेको छ । अल अरबी स्पोर्ट्स क्लबको मैदानमा आज भएको खेलमा नेपालले कोरियालाई ४-१ ले हराएको हो ।
पहिलो हाफमा टिमले आज पनि दोस्रो रोजाईको खेलाडीहरुलाई मैदानमा उतारेको थियो । खेलको १५ औं मिनेटमा नेपालले पाएको पेनाल्टीको सदुपयोग गर्दै राकेश सापकोटाले पहिलो गोल गरे । त्यस्तै २० औं मिनेटमा सापकोटालेनै नेपालको लागि दोस्रो गोल थपे ।
दोस्रो हाफमा नेपालले थप दुई गोल गर्न सफल भयो । खेलको ४२ र ५२ औं मिनेटमा डिल्ली पारा लिम्बुले गोल गरेका थिए ।
नेपालले पछिल्लो खेलमा बाङ्लादेशलाई ५-० ले पराजित गरेको थियो , भारत संग १-१ र फिलिपिन्सलाई ९-० ले हराएको थियो ।
खेल तालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो