सभामुख महराले आज नेपाली समुदायसंग भेटघाट गर्ने

१४० औ अन्तर-व्यवस्थापिका संघ (आइपीयू) मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी कतार आएका सभामुख कृष्ण बहादुर महरा तथा प्रतिनिधिमण्डलका सदस्यहरुले आज कतारस्थित नेपाली संघसंस्थाका प्रतिनिधि/नेपाली समुदायसङ्ग भेटघाट कार्यक्रम गर्ने भएको छ । कार्यक्रम ऐन खालिदस्थित दूतावासको चान्सरी भवनमा साँझ ५ बजे आयोजना हुनेछ । दूतावासले हिजो एक सूचना प्रकाशित गर्दै नेपाली समुदायलाई उपस्थित भइदिन अनुरोध समेत गरेको छ ।
कार्यक्रम वारे थप जानकारीका लागि राजदूतावासको फोन नम्बर ४४६७५६८१/८३ मा सम्पर्क गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो