पेरुका पूर्वराष्ट्रपतिले आत्महत्या गरे

एएफपी / लिमा : पेरुका पूर्वराष्ट्रपति आलान गार्सियाले गोली प्रहार गरी आत्महत्या गरेका छन्।
आफ्नै घरमा उनले बुधबार आफ्नै टाउकामा आफैँले गोली प्रहार गरेको अधिकारीले जानकारी दिएका छन्। उनीमाथि लगाइएको भ्रष्टाचारसम्बन्धी आरोपमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गर्न लाग्दा आत्महत्या गरेको उनका वकिल र अस्पतालका अधिकारीले जनाएका छन्।
घटनालगत्तै ६९ वर्षीय गार्सियालाई लिमास्थित कासिमिरो उल्लोआ आपत्कालीन अस्पतालमा लगिएको थियो। पोस्टमार्टम गर्दा उनको टाउकामा ठूलो घाउ देखिएको चिकित्सकले जानकारी दिएका छन्।
गार्सियाका वकिल इरास्मो रेयनाले अस्पताल परिसरमा पत्रकारसँग भने, ‘बिहान एउटा नराम्रो घटना भयो, राष्ट्रपतिले आफैले आफैलाई गोली प्रहार गर्ने अनौठो र अति अप्रिय निर्णय लिनुभयो।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो