बिज्ञापन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा धिताल र सचिवमा पौडेल

क्यानडा, मंसिर २-

प्रवासी नेपाली मञ्च क्यानडाको चौथो अधिवेशन तथा वार्षिक साधारण सभा शनिवार अनटारियोको मिसिसागामा सम्पन्न भएको छ । मञ्चको निवर्तमान अध्यक्ष बिशमवर घिमिरेको अध्यक्षतामा भएको अधिवेशनमा प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य तथा अमेरिकाका ईन्चार्ज प्रभुराम थापा प्रमुख अतिथि रहेका थिए ।

बिशेष अतिथिमा प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय समिति सदस्य तथा महिला विभाग प्रमुख कुन्ति थापा र उपप्रमुख जानकी कार्की, अतिथिहरुमा मञ्चका पूर्व अन्तर्राष्ट्रिय समिति सदस्य तथा स्वास्थ्य विभाग ईन्चार्ज धुन्डिराज पान्डे, अमेरिका महादेश कमिटी सचिव धनश्याम भट्टराई, गैरआवासिय नेपाली संघका सह कोषाध्यक्ष्य अभिमन्यु बस्नेत, प्रवासी नेपाली मञ्च क्यानडाका सल्लाहकार समिति संयोजक तथा पूर्व अध्यक्ष रमेश थापा, गोपीकृष्ण काफ्ले, चिरन्जिबि घिमिरे, तुलसी सापकोटा, रबिन्द्र राज घिमिरे, लिलानाथ पान्डे, शन्तराज भण्डारी, बिरेन्द्र लम्साल लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा मञ्चका निवर्तमान उपाध्यक्ष बेधनिधि गौतमले शुभकामना मन्तव्य व्यक्त गरे । बन्द सत्रको अध्यक्ष मन्डल/निर्वाचन मन्डल गोपिकृष्ण काफ्लेको अध्यक्षता र सदस्यहरुमा रबिन्द्र घिमिरे, तुलसी सापकोटा, सुमन लम्साल, रामहरि खड्का समितिले रमेश धिताल अध्यक्ष र सचिवमा सन्दिप पौडेल रहने गरि २१ सदस्य समिति गठन गरेको छ ।

उक्त कार्यक्रममा भौगोलिक विविधताका कारण भौतिक रुपमा उपस्थिति हुन नसकेका सदस्यहरुलाई जुम मार्फत उपस्थितिको व्यवस्था गरिएको थियो । जसमा ब्रिटिश कोलम्बियाबाट प्रवासी नेपालि मञ्च अन्तर्राष्ट्रिय समिति नेपाली लगानी प्रवद्र्धन विभाग सदस्य तथा एनआरएनए आईसिसि सदस्य भुवन खरेल, राजु भट्टराई, अल्वर्टाबाट सन्दिप पौडेल, अरबिन पोखरेल र रिङ्कु वाग्लेको उपस्थिति रहेको थियो ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button
error: <b>सावधान: </b>सामग्री चयन बन्द गरिएको छ !!