मंगलबार सम्म हल्का वर्षाको सम्भावना

मौसम विभागले आज बेलुका बाट मंगलबार बिहान सम्म वर्षाको सम्भावना रहेको जनाएकोे छ । विभागले हिजो एक रिपोर्ट जारी गर्दै तल्लो चाप प्रणाली विस्तार सक्रिय हुने कारणले खाडी क्षेत्रभर अस्थिर मौसममा प्रभाव परि मौसम हल्का बदली देखि पूरा बदली भई वर्षाको सम्भावना देखिएको बताएको हो । साथै सोमबार देखि तापक्रममा १० डिग्री सम्मको गिरावट आउने विभागले जनाएको छ ।

विभागले यस अवधिभर समुन्द्रि क्रियाकलाप नगर्न र विभागको आधिकारिक समाजिक सञ्जाल मार्फत मौसमको अपडेट लिन आग्रह पनि गरेको छ ।