दूतावासको नाम लिँदै चन्दा संकलन गरेपछि गम्भीर ध्यानकर्षण

नेपालस्थित विभिन्न संघ-संस्थाहरुमा आबद्ध रहेको भन्दै र राजदूतावासको नाम प्रयोग गरेर चन्दा तथा आर्थिक राहत संकलन गर्ने कार्यमा व्यक्ति संलग्न रहेको जानकारी प्राप्त भएपछि दूतावासको गम्भीर ध्यानकर्षण भएको छ ।
सम्बन्धित निकायको अनुमति नलिई कुनै पनि प्रकारको चन्दा एवं आर्थिक राहत संकलन गर्ने,गराउने कार्य कतारमा गैरकानूनी मानिन्छ।साथै राजदूतावासले कुनै पनि व्यक्ति वा संस्थालाई यस्ता कार्य गर्ने,गराउने प्रयोजनका लागि अनुमति वा सिफारिश नदिएको सूचना जारी गर्दै दूतावासले सबैलाई जानकारी समेत गराएको छ ।
यसरी कुनै व्यक्ति राजदूतावासको नाम लिई चन्दा एवं आर्थिक राहत संकलनका लागि आएको खण्डमा निजको परिचय खुल्ने आधिकारिक कागजात, जस्तैः कतारी आईडी, प्राप्त गरी राजदूतावासलाई सम्पर्क गर्न सूचनामा उल्लेख गरिएको छ।
दूतावासलाई सम्पर्क गर्ने ठेगाना
फोन नं : ४४६७५६८१
फ्याक्स : ४४६७५६८०
ईमेल : nembdoha@gmail.com
