राजदूत कोइरालालाई सरकारले फिर्ता बोलायो

सरकारले कतारका लागि नेपाली राजदूतलाई फिर्ता बोलाएको छ । राजदूत प्रा. रमेशप्रसाद कोइरालालाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

मंगलबारको मन्त्रीपरिषद् बैठकले राजदूत कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको हो । ‘सरकारलाई आवस्यक लाग्यो त्यसैले फिर्ता बोलाको हो’, मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता बास्कोटाले भने,  ‘यसमा किन कसो भन्ने हुँदैन ।

सरकारको अधिकारको कुरा हो ।’मन्त्री बास्कोटाले अहिलेसम्म काम गरेकोमा राजदूतलाई धन्यवादसमेत दिए । ‘अहिलेसम्म काम गर्नुभएकोमा राजदुतलाई धन्यवाद’, प्रवक्ता बास्कोटाले भने ।

कोइरालालाई तत्कालीन शेर बहादुर देउवाको सरकारले काँग्रेसको कोटाबाट नियुक्त गरेको थियो । उनी घुस प्रकरणमा पनि मुछिएका समाचार सार्वजनिक भएका थिए । नेपालमा कतारको भिसा सेन्टर स्थापनाका लागि राजदूतको हिसाबमा आफूले सकारात्मक भूमिका खेल्ने भन्दै चार लाख डलर अर्थात चार करोड भन्दा बढी नेपाली रूपैयाँ घुस वापत बुझेको समाचार सार्वजनिक भएका थिए ।

यो समाचार हामीले बिभिन्न मिडिया बाट साभार गरेका हौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button