"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

रमदान बारे थाहा पाउनु पर्ने कुराहरु

इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना “रमदान” वा रमज़ान सम्भवत मे ६ देखी सुरु हुँदैछ । इस्लामी पात्रो हिजरी संवत् अनुसार आठौं ‘शाबान’ महिनाको अन्तिम दिनमा आकाशमा चन्द्रमा उदाएको भोलि बाट रोजा बस्न सुरु हुन्छ । पात्रो अनुसार अन्तिम दिन चन्द्रमा नाउदाए स्वत पर्सी बाट रमदान महिनाको सुरुवात हुने चलन छ ।  यो महिनालाई इस्लाम धर्मको ५ खम्बा मध्ये एकको रुपमा पनि लिने गरिन्छ । यो महिनामा धूम्रपान, मदिरा सेवन, झुटो बोल्नु, शारीरिक सम्बन्ध राख्नु जस्ता कुराहरू धर्म विपरीत मानिन्छ ।

रोजा बस्ने व्यक्तिले सूर्योदय हुनुभन्दा झन्डै डेढ घण्टा पहिलेदेखि सूर्यास्त नहुन्जेलसम्म कुनै पनि खानेकुरा सेवन गर्दैनन् । रोजा बस्नाले मानिसमा आज्ञापालन, अनुशासन, नम्रता, सत्प्रियता, संयम, सहनशीलता, सदाचारी, त्याग, परोपकार, दया, दानशीलता लगायतका आचरणमा विकास आउने विश्वास छ ।  यो महिनामा कुरानको वाचन, नमाज पढ्ने र गरिब एवं विपन्नहरूलाई सहयोग गर्ने अवसर पनि हो । नाबालिक अवस्था, भोक तिर्खा सहन नसक्ने बुढ्यौली अवस्था, सिकिस्त बिरामी, रजस्वला भएकी महिला र सुत्केरीका लागि रोजा अनिवार्य छैन ।।

जानीजानी खानपिन गर्नाले, शक्तिवद्र्धक सुई लिनाले, नशाबाट औषधि प्रवेश गराउनाले अर्थात् स्लाइन चढाउनाले, वीर्य स्खलन गर्नाले र बान्ता निलेमा व्रत अन्त्य (भंग) हुन्छ । शरीरमा तेल लगाउनाले, दाँत माझ्नाले, भुलेर खानपिन गर्नाले, स्वप्नदोष हुनाले, बान्ता हुनाले, सुगन्ध वा सेन्ट लगाउँदा भने रोजा भंग हुँदैन ।  सूर्यास्त भएपछि रोजा बस्नेहरू केही खाने कुरा खाएर रोजा तोड्छन्, त्यस कार्यलाई ‘इफ्तारी गर्नु’ भनिन्छ । विशेषगरी इफ्तारमा खजुर, मिठाइ, फलफूललगायत खानेकुरा खाइन्छ ।

अब कुरा गरौं ‘गैर मुसलमानहरुले के गर्ने त रमदानमा भन्ने बारे ?

कतार एक मुस्लिम राष्ट्र हो । कतारले प्राय मध्यपुर्व आर्थात खाडी राष्ट्रहरुले मान्ने ईस्लामिक कानुन ‘शरिया कानुन’ को पालाना गर्दछ । कानुनले बर्तको समयमा सार्वजनिक स्थानमा खाने, चपाउने, पिउने र धुम्रपान गर्नाले बर्तालु लाई गाह्रो पर्ने हुँदा यी कार्यहरु प्रतिबन्धित गरेको छ । खुल्ला स्थानमा खाने , पिउने, चुइगम चपाउने र धुम्रपान गरेको भेटेमा ३ महिना जेल सजाय वा ३,००० कतारी रियाल जरिवाना हुनसक्छ ।

खुल्ला स्थानमा खाने , पिउने, चुइगम चपाउने र धुम्रपान गरेको भेटेमा ३ महिना जेल सजाय वा ३,००० कतारी रियाल जरिवाना हुनसक्छ ।

गर्न हुने कुराहरू

१. आफूले चिनेजानेको वा कार्यालयमा रहेका साथीभाई,कर्मचारी संग रमदानको शुभकामना आदानप्रदान गर्नुहोस् । शुभकामना “रमदान करीम” अथवा “रमदान मुबारक” भनेर दिन सकिन्छ ।

२. रमदान महिनामा बैंक,कार्यालय,मार्केट सपिङ कम्प्लेक्स,मल,रेस्टुरेन्ट लगायत अन्य संस्थाले खुल्ने समय परिवर्तन गर्नेछन् । त्यसैले त्यस्ता स्थानमा जानुअघि त्यहाँको कार्य समय बारे बुझेर मात्र जानुहोला ।

३. साधारण कपडा लगाउनुहोस् । त्यसैपनि कतारमा विषेशगरी महिलाले शरीर देखाउने गरी लुगा लगाएको राम्रो मानिंदैन।अझ रमदानको समयमा छोटो कपडा लगाउँदा अफ्ट्यारोमा पर्न सकिन्छ।

४. वर्त बस्नुहोस् । रमदानको समयमा ईच्छा लागेका वा सक्नेले वर्त बस्नु इस्लाम धर्म विपरीत होइन। वर्त बस्नु शरीरको लागि राम्रो मानिन्छ ।

५. इफ्तार, सुहोर (वर्त बस्नु अघि र वर्त तोड्न खाइने खाना) मा सहभागी हुनुहोस् । रमदानको समयमा विभिन्न स्थानमा दिइने निशुल्क भोजन जो कसैले पनि गर्न पाइन्छ ।

६. मन्त्रालय, सरकारी कार्यालय संग सम्बन्धित सबै कार्यहरू रमदान अघि सकाउनुहोस् । रमदानको समयमा सरकारी काम ढिला हुनु स्वभाविक हो ।

७. इफ्तार (वर्त सकिने समय) को समय अघि सवारी चालकले विशेष ध्यान पुर्याउनुहोला । यो समयमा सवारीको आवतजावत र गति तिब्र हुनेगर्दछ ।

८. वर्त बस्दै हुनुहुन्छ भने केही खाना सवारी वा कुनै सुरक्षित स्थानमा राख्नुहोस् । यसो गर्दा इफ्तारको समय सुरु भइसके पनि कोठा वा खाना खाने स्थान सम्म पुग्न लागि कुर्नुपर्दैन ।

 

गर्न नहुने कुराहरु

१.  वर्त बसिरहेकाहरुको अगाडी खान,पिउन र धुम्रपान नगर्नुहोला।गर्नै परेपनि सोधेर वा लुकेर गर्नुहोला।कतारमा रमदानको वर्तको समयमा सार्वजनिक स्थानमा बसेर खान,पिउन गैरकानुनी मानिन्छ ।

२. सार्वजनिक स्थानमा वा वर्त बस्नेहरुको अगाडी मदिरा सेवन नगर्नुहोस। रमदानको समयमा मापसे गर्नु पूर्णरुपमा गैरकानुनी हो । त्यस्तै रमदानको महिनाभर बार,लाउन्ज, रात्री क्लब लगायत मदिरा वितरक केन्द्र समेत बन्द हुने गर्दछ ।

३. वर्त बस्नेहरूले कम काम गर्नुहोस्।यो समयमा निजी संस्थाहरुले पनि साधारण कार्य समय ६ घण्टा बढी लगाउन पाउँदैनन् ।

४. वर्त सकाएपछि जिम वा कडा कसरत नगर्नुहोस् । सकेसम्म यो महिना शरीरलाई आराम दिनुहोस् ।

५.  सपिङ सेन्टर, मल लगायत अन्य भिडभाड हुने ठाउँ इफ्तारको समय पछि नजानुहोस् ।यो बेला सवारी तथा मानिसको चाप धेरै हुनाले समस्यामा पर्न सकिन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button