विश्वविद्यालय टपरलाई सिधै निजामती सेवामा प्रवेश दिने प्रस्ताव

काठमाडौं, पुस ३-
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा विश्वविद्यालय टपर (उत्कृष्ट) लाई सिधै निजामती सेवामा प्रवेश दिनुपर्ने प्रस्ताव पेश भएको छ ।
बुधबार बसेको समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले यस्तो प्रस्ताव राखेका हुन् । राज्य व्यवस्था समितिको बैठकमा संघीय निजामती विधेयकबारे छलफल भइरहेको छ ।
सो छलफलमा भाग लिने क्रममा सांसद खनालले भने, ‘विश्वविद्यालय टपरलाई सिधै निजामती सेवामा लेटरल इन्ट्रीको रुपमा प्रवेश दिऔं ।’
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो