कतारले दुई फिल्ड अस्पताल इटालीलाई सहयोग पठायो

अमिर शेख तमिम बिन हमाद अल थानीको निर्देशनमा कतारले दुई फिल्ड अस्पताल इटालीलाई सहयोग गरेको छ । कोरोना भाइरसका कारण महामारी स्थिती बाहिर गएपछि दुई अमिरी एयर फोर्स मार्फत सहयोग हिजो इटाली पुगेको हो ।

राजधानी रोममा पुगेको पहिलो अस्पताल ५ हजार दुई सय वर्ग मिटर र दोस्रो ४ हजार वर्ग मिटरको रहेको छ । ती दुई अस्पतालको क्षमता प्रति एक हजार शैयाको रहेको छ । अस्पतालमा कोरोना भाइरस विरुद्ध लड्नका लागि आधुनिक स्वास्थ्य उपकरणहरु पनि छन् ।

“हालको दुखद घडीमा पनि गहिरो रुपमा कतार इटालीको साथ रहेको देखाउन खोजेका छौं ,” इटालीका लागि कतारी राजदूत अल मल्कीले जहाज अवतरण पश्चात बताएका छन् ।

जम्मा ४ जहाज मध्ये बाँकि रहेको दुई आज त्यहाँ पुग्नेछ । त्यस्तै थप एक जहाज कतार विकास कोष र कतार आर्मीको समन्वयमा स्वास्थ्य उपकरण लिएर शुक्रबार इटाली जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button