बिज्ञापन

अमिर आज फ्रान्स जाने

क्युएनए

औपचारिक भ्रमणका लागि अमिर शेख तमिम विन अल थानी आज फ्रान्स प्रस्थान गर्नुहुने भएको छ।अमिरले त्यहाँ फ्रान्सेली राष्ट्रपति इमानुएल मक्रोन सँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

भ्रमणको क्रममा अमिरको राष्ट्रपति माक्रो लगायत अन्य उच्च पदाधिकारी सँग द्विपक्षीय सम्बन्ध,त्यसको विकास र अन्य साझा मुद्दामा छलफल गरिने कार्यक्रम रहेको छ।त्यस्तै दुई देश बीचको केही सम्झौता र ज्ञापनपत्रमा हस्ताक्षर समेत हुनेछ। भ्रमणमा अमिर लाई कतारी प्रतिनिधि तथा केही व्यवसायीको साथ रहनेछ।

फ्रान्स भ्रमण अमिरको यो दोस्रो पटक हो। कतार माथि नाकाबन्दी पश्चात यसअघि अमिरले २०१७ को सेप्टेम्बर १४ मा फ्रान्सको भ्रमण गर्नुभएको थियो। सोही वर्षको डिसेम्बरमा फ्रान्सेली राष्ट्रपति माक्रोनले पनि कतार भ्रमण गरी दुई देश बीचको सम्बन्ध बढाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button