लिप्टन र रेड लेबल चियाले कतारमा कारखाना खोल्यो

विश्व प्रख्यात चिया ब्रान्ड लिप्टन र रेड लेबलले कतारमा आफ्नो कारखाना खोलेको छ । उद्योग तथा वाणिज्य मन्त्री ले आइतबार सो कारखानाको उद्घाटन गर्नुभएको थियो ।

कतारमा यसको उत्पादन तथा बिक्री वितरणको जिम्मा कतार इन्डस्ट्रियल म्यानुफ्याक्चरिङ कम्पनी (क्युअाइएमसी) ले जिम्मा लिएको छ ।

सनैया न्यु इन्डस्ट्रियल एरियामा अवस्थित यस कारखानामा दुई उत्पादन लाइन रहेको छ । पहिलो लाइन बाट  रेड लेबल र लिप्टन चियालाई ५ केजीको प्याकेट बनाई चिया पसल, क्याफ्टेरिया,रेस्टुरेन्टमा बिक्री गरिनेछ । त्यस्तै दोस्रोमा २००,४५० र ९५० ग्राम्को प्याकेट बनाई खुद्रा बजारमा बिक्री गरिनेछ ।

कम्पनीका कार्यकारी निर्देशक अब्दुल रह्मानले भनेका छन्  ,” यो छाेटाे समयमा राम्रो उपलब्धि हो । हामीले रेड लेबल र लिप्टनसङ्ग सहकार्य गरि पहिलो कारखाना खोलेका छौ । यस्तो अवसर दिएकोमा हामी कतार विकास बैंकलाई धन्यवाद दिन चहान्छौ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button