अवैध व्यक्तिलाई आममाफी दिने कतार सरकारको घोषणा

आममाफीको समयसीमा फेब्रुअरी ९ देखि मे ९ सम्म रहनेछ

कतार सरकारले अवैध कामदारलाई आममाफी दिने घोषणा गरेको छ ।

आईडीको म्याद सकिएका,बिना वर्क परमिट काम गरिरहेका,कम्पनी छोडेर भागेका र फेमिली भिसाको नियम पालना नगरेका गैरकानुनी हैसियतका व्यक्तिलाई सरकारले बिना कैद र बिना जरिवाना सहितको कानुनी हैसियत संशोधण गर्न लागेको आन्तरिक मन्त्रालयले बताएको छ ।

सरकारले यो प्रक्रियाको लागि फेब्रुअरी ९ देखि मे ९ सम्मको समयसीमा तोकेको छ ।

आममाफी प्रक्रियामा सहभागी हुन त्यस्ता व्यक्ति सिधै हमाद अन्तर्राष्ट्रिय विमानस्थल जान वा सल्वा रोड स्थित सर्च एन्ड फलो अप डिपार्टमेन्टमा दिउँसो १ देखि बेलुका ९ बजे भित्र गएर आवेदन पेश गर्न मन्त्रालयले सुझाएको छ ।

आप्रवासीको आवास, प्रवेश र प्रस्थानको नियमन गर्ने सन् २०१५ को कानून नं ​​२१ को प्रावधान अन्तर्गत प्रक्रिया सुरु गरिएको मन्त्रालयले बताएको छ । साथै यस अभियानमा सहभागी भई जरिवाना तथा कानुनी कारबाहीबाट बच्न मन्त्रालयले सम्पुर्ण गैरकानुनी नागरिकलाई आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
91
मनपर्‍यो
खुसी लाग्यो
16
खुसी लाग्यो
दुःख लाग्यो
3
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
5
रीस उठ्यो
Back to top button