शुक्रबार कतार इन्डियन च्याम्पियन्स लिगको फाइनल खेल हुँदै

कतार इन्डियन च्यम्पियन्स लिग (क्युआईए) द्वारा आयोजित प्रतियोगिताको फाइनल खेल आउदो शुक्रबार मे ३ तारिक हुँदैछ । नि:शुल्क प्रवेश, आकर्षक पुरस्कारको समेत व्यवस्था र गायक गायिका प्रस्तुति रहेको फाइनल खेलमा क्युर एण्ड केर-वन एफएम विरुद्ध क्रिसेन्ट ओमेगा एफसी आमनेसामने हुँदैछन् । कतार फुटबल एसोसियसन अन्तर्गत जारी प्रतियोगिताको सो समापन खेल हिलाल स्थित अल अह्ली स्पोर्ट्स क्लबमा बेलुका ८:४५ मा आयोजना हुनेछ । यसै बीच नेपाली दर्शकलाई खेलमा उपस्थित हुन आयोजक पक्षले आव्हान समेत गरेको छ ।

मनोरञ्जन तर्फ खेल सुरु हुन अगाडी सांगीतिक कार्यक्रम पस्कन भारतीय ब्याण्ड ओर्फ़ेव र पार्श्व गायिकाद्वय अमृथा सुरेश र अभिरामी सुरेश पनि कतार आउँदैछन् । कार्यक्रम बेलुका ६ बजे बाट सुरु हुने आयोजक पक्षले जानकारी दिएको छ ।
कतारको अन्तर्राष्ट्रिय स्पोर्ट्स हब बनाउने उदेश्य पछ्याउदै यहाँ रहेका आप्रवासी भारतीय नागरिकहरु द्वारा गठन भएको कतार इन्डियन एसोसियसन फर फुटबल (क्युआईए)ले सन् २०१३ देखि वार्षिक रुपमा निरन्तर क्युआईए च्याम्पियन्स लिगको आयोजना गर्दै आइरहेको छ ।
हिलाल स्थित अल अह्ली स्पोर्ट्स क्लब जाने बाटो