अमेरिका र तालिबान बिच कतारमा वार्ता

अमेरिका र तालिबान बिच अहिले कतारको दोहामा वार्ता भैरहेको छ । केही समय सम्म चल्ने शान्ती वार्तामा यी दुई पक्ष बिच अफगानिस्तानमा शान्ती कायम गर्ने प्रमुख उदेश्य रहेको छ ।
अफगानिस्तान बाट विदेशी सैनिक हटाउनुपर्ने,अमेरिकी प्रतिद्वन्दी कुनै पनि पार्टी वा देशलाई त्यहाँको जमिन प्रयोग गर्न नदिने लागायतको माग अघि सारिएको छ ।
वार्ताको माध्यम बाट समस्या समाधानका लागि यी दुई पार्टी बिच मध्यस्तकर्ताको भुमिका खेलेको कतारले हाल भैरहेको वार्ताको उपलब्धिको स्वागत गरेको छ । त्यस्तै उसले अफगानिस्तानमा वार्ताकै माध्यम बाट शान्ती सुरक्षा कायम हुने विश्वास गरेको छ । युद्धग्रस्त अफगानिस्तानमा यतिखेर १४ हजार अमेरिकी सैनिक तैनाथ छन् ।