कतार घुम्न आउन भिसाको पैसा नलाग्ने

कतारमा रहेका आप्रवासी नागरिकले आफ्नो आफन्त  वा साथीलाई सजिलै सङ्ग कतार बोलाउन पाउने भएका छन् ।

कतार सरकारले ल्याएको ‘ समर इन कतार ‘ नामक कार्यक्रम अनुसार आउने जुन ४ देखि अगस्ट १६ भित्र आफ्नो आफन्त तथा साथीलाई कतार घुमाउन भिसाको पैसा नलाग्ने भएको हो। तर त्यसका लागि यहाँ आफन्त बोलाउन चाहिने मापदण्ड भने पूरा हुनपर्नेछ ।

“स्थानीय तथा आप्रवासी नागरिकले आफ्नो आफन्त,साथीभाइ वा अन्य कोहि पाहुना विना झन्झट कतार बोलाउन पाउनेछन् ,” समर इन कतार नामक कार्यक्रमको उद्घाटन गर्दै कतार राष्ट्रिय पर्यटन काउन्सिलका सचिव तथा कतार एयरवेजका कार्यकारी निर्देशक अकबर अल बेकरले बताएका छन् ।

यसअघि कतारले ८० राष्ट्रका नागरिकलाई फ्री भिसा इन्ट्रि दिँदै आइरहेको छ ।

यो पनि पढ्नुहोस्  : भिजिट भिसामा आफन्त  कतार कसरी ल्याउने ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button