अमिर र राजदूत बिच भेटघाट सम्पन्न

कतारका लागि नेपाली राजदूत प्रो रमेश प्रसाद कोईराला र अमिर शेख तमिम बिन हमाद अल थानी बिच भेटघाट सम्पन्न भएको छ ।
कार्यकालको अन्त्यमा अमिरको आग्रहमा हिजो भएको भेटघाटमा अमिरले राजदूत कोइरालाई लाई आगामी मिसन तथा दुई देश बीचको सम्बन्ध थप विकास गर्नका लागि शुभकामना दिनुभएको छ । यता राजदूतले अमिर तथा कतारी प्रतिनिधिहरुलाई आफ्नो कार्यकालमा सहकार्य गर्न सहयोग गरेकोमा धन्यबाद ब्यक्त गर्नुभएको छ ।
यता नेपाल सरकारले राजदूत कोइरालालाई यसअघी नै फिर्ता बोलाइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो