दोहा मेट्रो बुधबार सर्वसाधारणका लागि खुला गरिने

दोहा मेट्रो अन्तर्गत रेड लाइन दक्षिण तर्फको प्रारम्भिक सेवा यो मे ८ तारिक बुधबार सर्वसाधारणका लागि खुला गरिने यातायात तथा संचार मन्त्रालयले बताएको छ । यो मार्ग अल कासर देखि अल वक्रा सम्म पर्दछ ।

खुला गरिने प्रारम्भिक सेवामा पुरा रुटको १८ रेड लाइन स्टेशन मध्ये १३ वटा पर्नेछ ।जसमा अल कासर, दिइसिसि,क्युआइसी वेस्ट बे,कर्नेश,अल बिदा (इन्टरचेन्ज स्टेशन),मिसह्रिब (इन्टरचेन्ज स्टेशन),अल दोहा अल जदेदा,उम घवालिना,अल मतर,अल कादीम,ओक़्ब आइबिएन नफ़िए, फ्री जोन ,रस बु फोन्तस र अल वक्रा पर्नेछ ।
त्यसपछि मेट्रो सेवा आइतबार देखि बिहिबार बिहान ८ देखि राति ११ बजे सम्म संचालन हुने मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो