मेट्राे चढेर दङ्ग

सन् २०२२ विश्वकपको लागि व्यापक रुपमा आफ्नो पुर्वाधार निर्माण गरिरेहेको कतारले हिजो दोहा मेट्राे अन्तर्गत रेड लाइन दक्षिणी रुतको प्रारम्भिक सेवा सुरुवात गर्दै एउटा कोशेढुङा सावित गरेको छ । सुरुवातको दिनमै सयौंले मेट्राे चढेर आनन्द लिए।
यात्रुहरुले हिजो सो रुटमा पर्ने १८ मध्ये १३ वटा स्टेशन अल कासर ( उत्तर) देखि अल वाक्रा (दक्षिण) सम्मको अवलोकन गर्ने मौका पाएका छन् । यो सेवा २०२० मा मात्रै सर्वसाधारणका लागि खुला गरिने योजना थियो ।

मेट्राे सेवा हाललाई शुक्रबार बाहेक हरेक दिन बिहान ८ देखि राती ११ बजे सम्म संचालन हुनेछ । शुक्रबार भने सेवामा थप सुधार गर्नका लागि समय छुट्टाईएको छ ।
बिना चालक १०० किमि प्रतिघन्टा सम्म गुड्न सक्ने दोहा मेट्राे विश्वको सबैभन्दा छिटो मध्यमा पर्दछ । यो रुटमा जम्मा ११० ट्रेन रहेको छ। हरेक ट्रेनलाई ३ क्याबिनमा बाडिएको छ जसमा गोल्ड क्लासमा(१६ सिट), फेमिली क्लासमा (२६ सिट) र स्ट्यान्डर्ड क्लासमा(८८ सिट) रहेको छ । ट्रेनमा फ्री वाई-फाई पनि छ । स्टेशन वरपर ३ किलोमिटर सम्म आउन जान निशुल्क कर्वा बस पाइन्छ र ट्याक्सीको भाडा ८ रियाल मात्र पर्छ ।

“आज मेरो बिदा परेकाले पहिलो पटक मेट्राे चढ्ने अवसर जुर्यो । यो एकदमै राम्रो ,आरामदायी र निकै शुलभ पाए,” अल कासर देखि यात्रा गरेका कृष्ण दियालीले बताएका छन् ।

मेट्राे हरेक ४ देखि ६ मिनेट सम्मको समयमा छुट्छ र त्यस्तै १ देखि २ मिनेट भित्रमा अर्को स्टेशन पुग्छ ।
जाने हैन त मेट्राे चढ्न ?