चाख्न बाँकी छ गीतको म्यूजिक भिडियो सार्वजनिक

याम बिसी

दोहाबासी गायक रित कुमार श्रेष्ठको “चाख्न बाँकी छ” गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ।सार्वजनिक गरिएको गीतमा गायक श्रेष्ठलाई जुन रिजालले साथ दिएका छन्।गीतको शब्द संकलन नेत्र अर्यालले गरेका छन् भने यसमा गायक आफैको सङ्गीत रहेको छ।

 

शंकर बिसीद्वारा निर्देशन गरिएको उक्त भिडियोको क्यामेरामा राजेश घिमिरे र सम्पादनमा नवीन घर्ती मगर रहेका छन्। यसमा निर्देशक बीसी र मोडेल मालती घलेको अभिनय रहेको छ।भिडियोलाई म्युजिक नेपालले युट्युब मार्फत सार्वजनिक गरेको हो।

झण्डै एक दशक कतार बसाईको दौरानमा गायक श्रेष्ठले सन् २०१३ देखि आफ्नो साङ्गीतिक यात्रा शुरू गरेका हुन्। जमुना रानाको साथमा तिम्रै कल्पनामा श्रेष्ठको पहिलो एल्बम हो।

हरेक वर्ष एक एल्बम निकाल्ने क्रममा हाल सम्म गायक श्रेष्ठले फुरफुर गर्ने पुतली, जालमा माछी फस्लानी,जुरेली चरी जस्ता एल्बम सार्वजनिक गरिसकेका छन्।त्यस्तै नानु घलेको सालैजो एल्बममा गायक श्रेष्ठले आफ्नो स्वर दिइसकेका छन्।

गायक रित कुमार श्रेष्ठको अझै थुप्रै गीतहरु आउने क्रममा रहेको क्यूएन खबरलाई जानकारी दिएका छन्।

गीतको म्यूजिक भडियो हेर्नुहोस्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button