माग्ने भेटिए तुरुन्त खबर गर्नुहोस : आन्तरिक मन्त्रालय

इस्लाम धर्मावलम्बीको पवित्र महिना रमदानमा हरेक वर्ष झै व्यापक रुपमा देखिने माग्ने विरुद्ध विभागले अनुसन्धान थालेको छ ।
आन्तरिक मन्त्रालय अन्तर्गतको अपराध अनुसन्धान विभाग(सिआईडी)ले गत वर्ष रमदान महिनाको १० दिन भित्र ६७ जना माग्नेलाई पक्राउ गरेको थियो।

कतारमा चन्दा उठाएर आवश्यकलाई सहयोग गर्न सरकार बाट मान्यता प्राप्त बिभिन्न सक्षम तथा जिम्मेवार च्यारिटी संस्थाहरु भएको हुँदा त्यस्ताको मात्र भर पर्न विभागले सुझाव समेत दिएको छ।
विभागको अनुसार माग्ने पक्राउ गर्न प्रहरी २४ सै घण्टा खटिएको छ। माग्ने सम्बन्धी कुनै पनि गतिविधि देखिए तुरुन्त हटलाइन नम्बर २३४७४४४ ,३३६१८६२७ वा मेट्राश २ एप मार्फत खबर गर्न विभागले सबैमा आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो