बिहिबार वक्रा रंगशालाको उद्घाटन हुँदै

कतारले आयोजना गर्ने सन् २०२२ विश्वकपको आठ रंगशाला मध्येको एक अल वक्रा रंगशालाको उद्घाटन आउने बिहिबार हुँदैछ। कतारको शान मानिएको यस रंगशालामा सोही दिन ४७ औ अमिर कपको फाइनल खेल पनि हुँदैछ ।
फाइनल खेल
कतारको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता मानिने अमिर कपको ४७ औ संस्करण को समापन खेल पनि सोहि दिन हुँदैछ । फाइनल खेलमा राति १०:३० बजे अल दुहेल र अल साद्द बीच प्रतिस्पर्धा हुनेछ ।
जम्मा ५७५ मिलियन अमेरिकी डलर लागतमा तयार हुने यस रङ्गशालामा चालीस हजार दर्शक क्षमता रहनेछ।यहाँ विश्वकप प्रतियोगिताको क्वार्टर फाइनल सम्मका खेलहरु सञ्चालन हुनेछन्। यसमा विद्यालय,विवाह भवन,मस्जिद,रेस्टुरेन्ट,मार्केट बास्केटबल कोर्ट लगायत पनि समावेस हुनेछ। दर्शकको हल्ला माथि छतमा ठोकिएर मैदानमा फर्कने विश्वकै पहिलो प्रविधि यसमा प्रयोग गरिएको छ । यसको छत हरेक ३० मिनेटमा खोल्ने र बन्द हुने गर्दछ ।

विश्वकप आयोजना पश्चात यो रंगशाला अल वक्रा स्पोर्ट्स क्लबको घरेलु मैदान हुनेगरी दर्शक क्षमता घटाएर बीस हजार बनाइनेछ।
अल वक्रा रंगशाला विश्व प्रख्यात इराकी मूलका बेलायती डिजाइनर जहा हादिदले बनाएकी हुन्।उनले चीनको ओपेरा हाउस,२०१२ लण्डन ओलम्पिक्सको बर्गिस्केल स्की जम्प,बेलायतको कुअटिक्स सेन्टर लगायत डिजाइन गरेकी हुन् ।६५ वर्षको उमेरमा उनको निधन सन् २०१६ को मार्चमा भएको थियो ।
अलवक्रा सँगै यो वर्ष ६० हजार दर्शक क्षमता भएको अल बायत रंगशाला पनि डिसेम्बर सम्म तयार हुने आयोजक कमिटीले एएफपी लाई बताएको छ। यसअघि खलीफा रंगशाला तयार भइसकेको छ।