बिज्ञापन

चलचित्र ‘ह्रस्व दीर्घ’ आजबाट प्रदर्शनमा, ‘पूर्ण बहादुरको सारङ्गी’लाई दिन सक्ला टक्कर ?

काठमाडौं,कात्तिक ३०-

फ्राइडे रिलिजअन्तर्गत आजबाट चलचित्र ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा आएको छ । निर्माण घोषणा गरिएको लामो समयपछि यो चलचित्र अन्ततः प्रदर्शनमा आएको हो । साउथ इन्डियन सिनेमाका लोकप्रिय कलाकारको समेत अभिनय रहेको चलचित्रले सामाजिक कथा भन्ने निर्माणपक्षले जनाएको छ । एक्सन, प्रेम र सामाजिक कथा चलचित्रको मुख्य विषय रहेको निर्माणपक्षले बताएको छ ।

चलचित्रमा नीता ढुंगाना र हरिहर अधिकारी मुख्य भूमिकामा रहेको चलचित्रले मल्टिप्लेक्समा सन्तोषजनक शो पाएको छ । तर, ‘पूर्ण बहादुरको सारङ्गी’मा अझै पनि दर्शकको उच्च चाप कायम रहेकाले त्यसलाई टक्कर दिन सक्छ कि सक्दैन त्यसले ‘ह्रस्व दीर्घ’को बक्सअफिस निर्धारण गर्नेछ ।

निर्माणपक्षले नेपाली चलचित्रको स्तर उकास्नेगरी प्राविधिक पक्षमा काम गरेको, साउथका लोकप्रिय कलाकारको पनि अभिनय रहेको, कथामा कडा मिहिनेत गरेकाले दर्शकले मन पराउने दाबी गर्दै आएको छ ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button