अमिर कपको टिकट ‘सोल्ड आउट’

बिहिबार राति हुने ४७ औ अमिर कपको फाइनल खेलका लागी बिक्रीमा राखिएको सम्पूर्ण टिकट दुर्इ दिन अगावै सकिएको छ । सोहि दिन अल वक्रा रंगशालाको उद्घाटन पनि हुँदैछ ।यसको मतलब तपाई यदि खेल हेर्न रंगशालामा गएर टिकट लिने सोचमा हुनुहुन्छ भने त्यो बेकार हुनेछ ।
सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसी (एससी)ले हिजो एक ट्विट सार्वजनिक गर्दै अनलाइनमा राखिएको टिकट सकिएको बताएको छ । सिटी सेन्टर,भिलाजियो,दोहा फेस्टिभल सिटी,मल अफ इज्दान मल अल वक्रा र शौक वकिफमा सीमित मात्रामा राखिएको टिकट पनि बिक्री भइसकेको आयोजकले बताएको छ ।

त्यस्तै अनलाइन मार्फत खरिद गरिएको टिकट सक्कल सँग साट्न एससीले बताएको छ । इ-टिकट बाट रंगशालामा प्रवेश नदिने उसले थपेको छ ।
बिहिबार राति १०:३० बजे अल दुहेल र अल साद्द बीच अमिर कपको फाइनल खेल हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो