अब आईडी सकिएको ९० दिन सम्म बैंकिङ कारोबार गर्न पाइने

आवास परिचय पत्र(कतारी आईडी) को म्याद सकेको आप्रवासीहरुले अब ९० दिन सम्म बैंकिङ कारोबार गर्न पाउने भएका छन्।

लागू गरिएको नयाँ नियम कतार राष्ट्र बैंक(क्युसीबी) को मातहतमा रहेका सम्पूर्ण बैंक, एक्सचेन्ज घर लगायतका बैंकिङ क्षेत्रहरूमा पैसा पठाउन,साट्न,खाता खोल्न तथा अन्य सम्बन्धित कार्यहरु गर्न सकिने क्युसीबीले जनाएको छ।

उक्त नयाँ नीतिले कतारमा रहेका आप्रवासीहरुलाई बैंकिङ कारोबार गर्नमा टेवा पुग्नुका साथै सरल कारोबारको प्रत्याभूति समेत दिने क्युसीबीले भनेको छ।साथै आईडी को म्याद सकिए पश्चात दिइएको ९० दिनको सीमा समयावधि आन्तरिक मन्त्रालय अन्तर्गतको राहदानी विभागले तोकेको क्युसीबीले प्रष्ट पारेको छ।

कतार राष्ट्र बैंकको भवन

यता एक्सचेन्ज घरहरुले नयाँ नियमको सूचना एक हप्ता अगाडि नै पाइसकेको र राष्ट्र बैंकको यो कदमलाई स्वागत गरेको एक्सचेन्ज घरको एक प्रमुखले गल्फ टाइम्सलाई बताएका छन्।

त्यस्तै कतारमा रहेका इस्लामिक बैंक लगायत सम्पूर्ण बैंकहरुले मजदूरी रक्षा प्रणाली अन्तर्गतको मापदण्ड तथा नियम भित्र रहेर कम्पनी सँग समन्वय गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।

जस्तै कुनै बैंकले श्रमिकको खाता तत्काल खोल्न सकेको अवस्थामा नजिकको मिति तोकेर दिनुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button