बिज्ञापन

कतारी व्यवसायीलाई युएईले घर फर्कन दिएन

क्युएनए

कतारी व्यवसायी तथा पूर्वराजपरिवारका सदस्य शेख अब्दुल्लाह विन अल थानीलाई युएईले घर फर्कन रोकेको छ।अल थानीले हिजो एक भिडियो सार्वजनिक गर्दै आफुलाई युएईले रोकेर राखेको र देश छोड्न नदिएको बताएका छन्।

“मलाई यहाँ पाहुनाको रुपमा बोलाइएको थियो,अहिले म बन्दी भएको छु।यदि युएईमा मलाई केही भईहाले कतारी नागरिक वा कतार सरकारको यसमा कुनै हात नहुने र युएईले नै यसबारे सम्पूर्ण जिम्मेवारी लिनुपर्नेछ।कतार,युएई ,साउदी लगायत सम्पूर्ण जिसीसी राष्ट्रका नागरिक प्रति मेरो सलाम छ”,अल थानीले भिडियोमा बताएका छन्।

व्यवसायी अल थानीलाई केही समय अघि साउदी अरेबियाले कतार विरुद्ध बोल्न लगाएको थियो तर त्यो सफल भने हुन सकेन।हाल उनी युएईको राजधानी अबु धबिमा मोहम्मद जाएदको निमन्त्रणामा गएका थिए।

कतार सरकार बाट पहल जारी

व्यवसायी अल थानी को भिडियो पश्चात कतार सरकारले सक्दो पहल गरिरहेको बताएको छ।सरकारले यस विषयलाई नजिक बाटै नियालिरहेको भएतापनि युएईसँग कुटनीतिक सम्बन्ध नरहेका कारण समस्या भइरहेको कतारको विदेश मामिला मन्त्रालयका प्रवक्ता लोलवाह अल खतेरले कतार न्युज एजेन्सी लाई बताएकी छिन्।

समस्याका बावजूद कतारले वैधानिक रुपमा आफ्नो हरेक नागरिक तथा उसको परिवारको अधिकारको पक्षमा कानूनी तवरले सधैं उभिने प्रवक्ता अल खतेरले भनेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button
error: <b>सावधान: </b>सामग्री चयन बन्द गरिएको छ !!